६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

लीप मोटर्सको टी–०३ परीक्षणमा




काठमाडौं– लीप मोटर्सको टी–०३ मोडलको कार आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले परीक्षणका लागि नेपाल भित्र्याएको छ । यसको परीक्षणपछि बिक्री शुरु गरिने कम्पनीले जनाएको छ ।

यस अगाडि पहिलो पटक वाणिज्य विकास कम्पनीले ल्याएको यो कार अहिले आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नेपाल ल्याएको हो । भन्सार प्रयोजनका लागि प्रकाशित अधिकतम खुद्रा मूल्य सूची अनुसार यस कारको मूल्य ३४ लाख रुपैयाँ तोकिएको छ । यो कारमा ७० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ ।

सिंगल चार्जमा ३०० किलोमिटर हाराहारी रेन्ज दिने कारमा १५ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, तीन अलग ड्राइभिङ मोड लगायतका आधुनिक फिचर रहेका छन् ।

  :