माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

ओमोडा एन्ड जेइको ‘एनपीएल सिजन, डिल्स इन मोसन’




काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाई’ सह–प्रायोजक रहेको ओमोडा एन्ड जेइको नेपालले ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजनाको घोषणा गरेको छ ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपलक्ष्यमा यो योजनाले ओमोडा एन्ड जेइकोको अत्याधुनिक गाडी खरिद गर्ने ग्राहकहरूको लागि उत्साहजनक छुट तथा अफरहरू ल्याएको कम्पनीले जनाएको छ । योजना अन्तर्गत ओमोडा ई–फाइभ वा जेइको जे–सिक्स बुकिङ गर्ने ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर, अटो प्लस कम्प्रिहेन्सिभ बीमा र आर्थिक वर्ष २०८१र८२ का लागि निःशुल्क सडक कर आदि सुविधाहरू प्राप्त गर्नेछन् ।

ओमोडा ई–फाइभ ४३० किलोमिटरको डब्लुएलटीपी रेन्ज भएको पूर्ण विद्युतीय एसयूभी हो जुन अत्याधुनिक डिजाइन, प्रविधि र सुविधाहरूको लागि उत्कृष्ट गाडीको रूपमा स्थापित छ । त्यसैगरी जेइको जे–सिक्स ४०० किलोमिटरको डब्लुएलटीपी रेन्ज भएको पूर्ण विद्युतीय ‘फोर बाई फोर’ अफ–रोडर एसयूभी हो जुन आकर्षक डिजाइन र कम्प्याक्ट अल–आल्मुनियम बडीको लागि परिचित छ ।

यस योजना अवधिभर ग्राहकहरूले यी मोडलका गाडीहरू उत्कृष्ट मूल्य तथा सहज फाइनान्सिङ सुविधासहित खरिद गर्न सक्नेछन् । पुस ६ गतेसम्म मान्य हुने सो योजनाका सुविधाहरुमा केही नियम तथा सर्तहरू पनि लागू हुने कम्पनीले स्पष्ट पारेको छ । ओमेडा इफाइभ डिलक्सको बजार मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

  :