काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चितवनमा टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ । म्याजिक बीएस६ सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त रहेको बताइएको छ ।
सो कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ कमर्सियल भेइकल बिजनेस युनिटका एजिएम कृष्ण चन्दले चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बीएस६ ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरे । सिप्रदीले नेपालभर गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको पनि चन्दले स्पष्ट पारे ।
प्रोडक्ट मेनेजर इन्द्रमणि पोखरेलले सिप्रदी ट्रेडिङले यसअघि नै नेपालमा ४ हजार भन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको र बजारमा ९५ प्रतिशत हिस्सा ओगटेको जानकारी गराए । कार्यक्रममा चितवनमा संचलित विभिन्न यातायात कम्पनीका अध्यक्षहरुले समेत सहभागिता रहेको थियो ।।
हालै नेपाल भित्रिएको टाटा म्याजिक बिएस६ मा ६९४ सीसी पेट्रोल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ३० एचपी पावर र ५५ एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनलाई ५–स्पीड गियरबक्ससँँग जोडिएको छ ।
प्रतिक्रिया