२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

अब नेपालगञ्जमा फोटोनको माउन्टेन ईभी भ्यान




काठमाडौं– नेपालको चुनौंतीपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको फोटोनको माउन्टेन ईभी भ्यान नेपालगन्ज पुगेको छ । भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् माउन्टेन ईभी भ्यानको अनावरण गरेको हो ।


माउन्टेन ईभी भ्यानमा ५३.५८ किलोवाट आवर ब्याट्री रहेको छ भने ३०० किमीसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। फोटोन नेपालले सुर्खेत रोड, मिलननगरमा नयाँ शोरुमको पनि उद्घाटन पनि गरेको छ । ग्राहकको सुविधा र सहायता अझ बढाउनका सञ्चालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको छ ।

माउन्टेन ईभी भ्यान नेपालगञ्जजस्ता सहरहरूमा स्कूल यातायात, सरकारी फ्लिट र कर्मचारी सटलसहित विभिन्न कार्यमा प्रयोगको लागि उपयुक्त छ। १४=१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्ने कम्पनीको भनाई छ ।

असाधारण पुलिङ पावर, विस्तारित रेन्ज र उच्च स्तरका विशेषताका साथ माउन्टेन ईभी भ्यानले नेपालको विद्युतीय सवारीको बजारमा नयाँ मानक स्थापित गरेको फोटोनका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले जनाएको छ ।

नेपालभर अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्ने एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारीमा सन् २०१४ देखि कार्यरत एमएडब्लू वृद्धि अन्तर्गत फोटोन नेपाल सञ्चालित छ । एमएडब्लू वृद्धिले नेपालमा फोटोनसँगै सोकोन, सेरेस, नामी र चांगनजस्ता ब्रान्डका सवारी र पाटपुर्जा उपलब्ध गराउँदै आएको छ ।

  :