१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सन् २०२४ मा ३० लाख ८९ हजार ४५७ युनिट कार बिक्री गरेर कियाको नयाँ विश्वव्यापी रेकर्ड




काठमाडौं– कोरियन अटो निर्माता कियाले सन् २०२४ मा ३० लाख ८९ हजार ४५७ युनिट कार बिक्री गरेर नयाँ विश्वव्यापी रेकर्ड बनाएको छ ।


कियाले दक्षिण कोरियाको घरेलु बजारमा ५ लाख ४० हजार १० युनिट र बाहिर २५ लाख ४३ हजार ३६१ युनिट कार बिक्री गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बढी भएको कम्पनीले जनाएको छ। कियाको यस रेकर्ड ब्रेक सेल्समा स्पोर्टेजले ठूलो हिस्सा ओगटेको छ ।

दोस्रो स्थानमा रहको सेल्टोसले ३ लाख १२ हजार २४६ युनिट बिक्री गरेको छ । यसैगरी, तेस्रो स्थानमा रहेको सोरेन्टो २ लाख ८० हजार ७०५ युनिट बिक्री भएको जनाइएको छ । बिक्रीमा भएको वृद्धिको श्रेय ईभी३, के ४ सेडान र हाईब्रिड कार्निभल जस्ता केही प्रमुख मोडलहरूको लन्चलाई दिइएको छ ।

यस वर्ष आफ्नो बिक्रीमा थप सुधार गर्दै विश्वव्यापी रूपमा ३२ लाख १६ हजार २०० युनिट कार बिक्री गर्ने कियाले लक्ष्य लिएको छ ।

  :