काठमाडौं– हालै मात्र दुई नयाँ ईभीलाई सार्वजनिक गरेको महिन्द्राले आफ्नो पहिलो ईभी डेडिकेटेड प्लान्ट खोलेको छ ।
कम्पनीले पुणे नजिकैको चाकनमा ब्याट्री समेत उत्पादन गर्ने गरी सो नयाँ प्लान्ट खोलेको हो ।
नयाँ लान्टमा बीई ६ र एक्सईभी ९ई जस्ता ब्रान्डको ईभी उत्पादन हुने बताइएको छ ।
८८ हजार वर्ग मिटरमा फैलिएको सो प्लान्टमा ४ हजार ५०० करोड भारु लगानी गरिएको महिन्द्राले जनाएको छ ।चीनबाट ब्याट्री ल्याउँदा ईभीको उत्पादन लागत धेरै भएपछि महिन्द्राले ब्याट्री पनि देशभित्र नै उत्पादन गर्न लागेको हो ।
प्रतिक्रिया