३० फाल्गुन २०८१, शुक्रबार | Sat Mar 15 2025

अपडेटसहितको लीपमोटरको टी–०३ चाँडै नै नेपाली बजारमा




काठमाडौं– लीपमोटरको टी–०३ अपडेटसहित दुई सातापछि नेपाली बजारमा आउने भएको छ । उक्त ईभी नेपालसहित विश्वका २० भन्दा धेरै देशमा उपलब्ध हुने पनि बताइएको छ ।

टी–०३ मा ३७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसको रेन्ज करिब २७० किलोमिटर सम्म पाउन सकिन्छ । यसमा ९३ प्रतिशत हाइ इफिसीयन्सी रहेको मोटर रहेको छ ।


चिनियाँ बजारमा सन् २०२० मा बिक्री सुरु भएदेखि २ लाख युनिट बिक्री पुरा भइसकेको बताइएको छ ।
अपडेट भएर आएको टी–०३ मा ‘‘आईफ्लाई टेक ३.० भोइस इन्टरएक्सन सिस्टम’ थप गरिएको छ । लीपमोटरले यसलाई इको, स्ट्याण्डर्ड र स्पोर्टस गरी तीन ड्राइभिङ मोड दिएर तयार पारेको छ ।

  :