फाल्गुन २९, २०८२ शुक्रबार | Fri Mar 13 2026

एक सयभन्दा बढी टाटा एस ईभी बेच्यो सिप्रदीले




काठमाडौं– टाटा मोटस{को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गत असोजमा साव{जनिक गरिएको टाटाको कमशि{यल ईभी एस इभी १०० भन्दा बढी युनिट बिक्री गरेको छ।

एक सयभन्दा बढी युनिट बिक्री गरेको अवसरमा कम्पनीले काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुममा विशेष समारोह गरी उत्सव मनाएको छ।

टाटा एस इभी काठमाडौं, पोखरा, बुटवल, चितवन र ईटहरीका व्यवसायीहरूका लागि भरपर्दो विकल्प बनेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो गाडी दशौं लाख किलोमिटरभन्दा धेरै दूरीमा निर्वाध सञ्चालन भएको छ।


उक्त विशेष कार्यक्रममा टाटा मोटर्सका सिभिआईभी हेड असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । टाटा एस ईभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दीगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण भएको उनीहरुले बताएका थिए ।

  :