मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

१७ सय केजी भार क्षमताको नयाँ बोलेरो पिकअप नेपाली बजारमा




काठमाडौं– नेपाली बजारमा महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले १७ सय केजी भार क्षमताको नयाँ बोलेरो एकैपटक पाँच शहर काठमाडौं, पोखरा, वीरगञ्ज र चितवनमा सार्वजनिक गरेको छ ।

नयाँ बोलेरो पिकअप हाल बजारमा उपलब्ध भएकोभन्दा अझ बलियो र बढी क्षमताको भएको कम्पनीले जनाएको छ ।
हाल बजारमा रहेको बोलेरोको क्षमता १५ सय केजी भार क्षमताको हो भने नयाँ बोलेरोको क्षमता सोभन्दा २०० केजी बढी रहेको छ ।

यो पिकअपमा २.५ लिटरको एमटु डीआइ सीआर डिजेल इन्जिन रहेको छ । यो इन्जिनले ६३ हर्सपावर र १९५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

लोड क्षमतासँगै नयाँ बोलेरोमा लामो कार्गोबेड, बलियो डबल बेरिङ एक्सल तथा ९ वटा पाता भएको स्प्रिङ सस्पेन्सन समेत थपिएको छ । नयाँ बोलेरोको क्याबिनमा फराकिलो कोड्राइभर सिट, रिक्लाइनिङ ड्राइभर सिट तथा हेडरेस्ट समेत थप भएको छ ।

यसअघि २६ लाख ८५ हजार रुपैयाँ रहेकोमा अब १७ सय केजी भार क्षमताको बोलेरोको सुरुआती मूल्य मूल्य २५ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीका नयाँ बोलेरोमा ९.९९ प्रतिशत ब्याजदरमा ७० प्रतिशतसम्म सरल फाइनान्स सुविधा समेत उपलब्ध रहेको छ । असार मसान्तसम्म बुकिङ गर्ने ग्राहकले फाइनान्स प्रोसेसिङ शुल्क समेत तिर्न नपर्ने कम्पनीले जानकारी दिएको छ ।

  :