२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

दसैँ–तिहारका लागि चौबिसै घण्टा चांगन केयर सेवा



काठमाडौं । नेपालमा चांगन आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटो कर्प प्रालिले देशभरका ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा र सहयोग प्रदान गर्ने प्रतिबद्धताअनुरूप चांगन केयर सातै दिन चौबिसै घण्टा सडक सहायता सेवा सुरु गरेको छ ।

नेपालको प्रमुख चाडपर्व दसैँ, तिहार तथा छठ नजिकिँदै गर्दा ग्राहकको यात्रालाई थप सहज, सुरक्षित र ढुक्क बनाउने लक्ष्यसहित चांगन केयर सेवा शुरु गरिएको कम्पनीले जनाएको छ ।
चाडपर्व मनाउन घर फर्किने वा देशका विभिन्न गन्तव्यहरूमा घुम्न जाने क्रममा सवारीसाधनमा कुनै अप्रत्याशित समस्या आएमा ग्राहकले आवश्यक सडक सहायता प्राप्त गर्न सक्नेछन् । यो सेवा अवतार, दिपल र निभो ब्रान्डका ग्राहकहरूका लागि लागू हुने पनि कम्पनीले जनाएको छ ।

यसअन्तर्गत अवतार ०७ र ११, दिपल एस७, एस५, ई७ र एल७ तथा निभो क्यू५ मोडलहरू समावेश छन् । सवारीसाधनमा अप्रत्याशित समस्या आइपर्दा भरपर्दो सहायता उपलब्ध गराउँदै ग्राहकको सवारी स्वामित्व अनुभवलाई अझ सहज र विश्वसनीय बनाउनु यस पहलको प्रमुख उद्देश्य हो ।

कम्पनीका अनुसार नेपालको जुनसुकै स्थानमा पनि तपाईंको यात्रा हाम्रो लागि महत्त्वपूर्ण छ भन्ने प्रतिबद्धताका साथ सञ्चालन हुने चांगन केयर अन्तर्गत टोइङ सेवा, घटनास्थलमै मर्मत सहयोग, २४ घण्टे आकस्मिक सहायता, क्षेत्रीय सेवा पहुँच तथा समर्पित ग्राहक सहायता टोली उपलब्ध रहनेछ ।


यस सेवाको सञ्जाल हाल नेपालका डाङ, धनगढी, बिर्तामोड, विराटनगर, नेपालगञ्ज, बुटवल, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा तथा बालकुमारी, ललितपुर गरी ११ प्रमुख स्थानमा विस्तार गरिएको छ । यसले देशका प्रमुख शहर तथा विभिन्न क्षेत्रहरूमा ग्राहकलाई सडक सहायता प्राप्त गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । सडक सहायता आवश्यक परेमा ग्राहकहरूले ९७०४०२४३६५ मा सम्पर्क गरी सहयोग लिन सक्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।

  :