काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ ।
एमएडब्ल्यू वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले भाटभटेनीलाई टीएम१ मोडलका विद्युतीय पिकअप हस्तान्तरण गरेको हो। भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा प्रयोग गर्न ती सवारीसाधन लिएको हो ।
एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले व्यावसायिक ढुवानीमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यसहित सहकार्य गरिएको जनाएको छ । ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित कार्यक्रममा दुवै संस्थाले वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्।
हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिलकुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न योगदान दिने बताए ।
उनले भने– ‘भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। १४ वटा फोटोन टीएम१ विद्युतीय सवारीसाधनको हस्तान्तरण व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो ।
भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकता दिँदै आएको बताए । फोटोनसँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।







प्रतिक्रिया