काठमाडौं– आगामी नोभेम्बर ४ मा रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले आधिकारिक रुपमा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक टीजर सार्वजनिक गर्दै आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल तयार भएको र नोभेम्बर ४ तारिखमा सार्वजनिक गर्ने घोषणा गरेको हो । रोयल इनफिल्डले आफ्नो इलेक्ट्रीक सेग्मेन्टका लागि डेडिकेटेड वेबसाइटका साथै नयाँ इन्स्टाग्राम पेजसमेत तयार…