काठमाडौं– जिली आधिकारिक वितरक सीजी मोटर्सले जिलीको नयाँ डबल क्याप इभी ‘रिडारा आरडी सिक्स’ नेपालमा बिक्री गर्ने भएको छ । उक्त पिकअप यही भदौ ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोमा प्रदर्शनीमा राखिने समेत कम्पनीले जनाएको छ । यसको मूल्य अधिकतम ६३ लाख रुपैयाँ राखिएको छ । यो पिकअपमा ६३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक…