काठमाडौं । एसआरएमको नेपालका लागि अधिकृत विक्रेता भीजी मोटर्सले काठमाडौंमा एक समारोहको आयोजना गरी एसआरएम ब्रान्डको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । ५० किलोवाटको मोटर रहेको भ्यानले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ। यो भ्यान कर्पोरेट हाउस, होटल, स्कुल लगायतलाई उपयोगी हुने कम्पनीको विश्वास छ।…