फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

चार्जिङ नेटवर्क विस्तार गर्दै सीजी मोटर्स



काठमाडौं – नेपालमा किङलङ र केवाईसी लगायतका इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउदै आएको सीजी मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ, र निकट भविष्यमा त्यतिनै चार्जिङ स्टेशन थप्ने योजना रहेको बताएको छ।

सीजी मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ। सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किङलङ र केवाईसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्दछ।

सीजी मोटर्सको रोडसाइड असिस्टेन्स सेवा समेत उपलब्ध गराएको छ, जसले गर्दा कुनै पनि ठाउँमा बिग्रिएको सवारीसाधनलाई छिटो र प्रभावकारी सेवा तथा सहयोग उपलब्ध हुन्छ ।

सीजी मोटर्स विश्वसनीय र वातावरणमैत्री यातायात समाधानहरू प्रदान गर्न अग्रणी बनेको बताएको छ।
हाल सीजी मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेशन रहेको छ। हाल विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, वीरगन्ज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौँमा, हात्तीवन, चावहिल र भक्तपुर रहेको छ।

  :